खेल

वेष्ट ह्याम अन्तिम ८ मा पर्न सफल, खेलमा तनाव उत्पन्न

वेष्ट ह्याम अन्तिम ८ मा पर्न सफल, खेलमा तनाव उत्पन्न
कात्तिक–११ । बुधबार राति भएको खेलमा घरेलु मैदानमा वेष्ट ह्यामले चेल्सीलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेको छ । chelse खेलमा वेष्ट ह्यामले चेल्सीलाई २–१ गोलको अन्तरले हरायो । वेष्ट ह्यामलाई जित दिलाउन केइकाओ कोयाट र एडिमेल्सन फर्नान्डेसले गोल गरे । चेल्सीका लागि भने ग्यारी काहिलले मात्र गोल फर्काउन सके । तर यस खेलमा तनाव उत्पन्न पनि भएका थिए । खेलको अन्तिम तिर वेष्ट ह्यामका सैयौं समर्थकले प्लाष्टिकको बोटल तथा रंगशालाका सामग्री मैदानमा फालेका थिए । यसपछि दुवै टिमका समर्थकबिच तनाव उत्पन्न भएको हो । उत्पन्न भएको तनावको नियन्त्रणका लागि प्रहरी चालन गरिएको थियो । वेष्ट ह्यामका सर्मथकले हानेको कुर्सीले लागेर चेल्सीका एक समर्थको टाउकोमा चोट लागेको छ । वेष्टह्यामका मालिक स्लावेन किलकले समर्थकको व्यवहार क्लबलाई अस्वीकार्य रहेको बताएका छन् । यस्तो व्यवहारमा संलग्न समर्थकमाथि आजीवन प्रतिबन्ध लगाउने वेष्ट ह्यामले जनाएको छ ।

chelsea wast hyam

विशेष