देश

ताक्लाकोट नाका खोल्न स्थानीयबासीद्वारा हस्ताक्षर अभियान शुरु

ताक्लाकोट नाका खोल्न स्थानीयबासीद्वारा हस्ताक्षर अभियान शुरु
कात्तिक – ११ । बझाङकाे ताक्लाकोट नाका खोल्न माग गर्दै स्थानीयबासीले हस्ताक्षर अभियान सुर गरेका छन् । ताक्लाकोट छिमेकी देश चीनसँग जोड्ने सुदुर तथा मध्यपश्चिमको सबैभन्दा छोटो ब्यापारिक नाका मानिन्छ । मंगलबार सदरमुकाम चैनपुरमा सुदुरपश्चिम समृद्धि मार्ग चैनपुर उरै ताक्लाकोट बिषयक बृहत् अन्तरक्रिया कार्यक्रममा यो नाकालाई यथासिघ्र खोल्नका लागि माग गरियो । चैनपुर ताक्लाकोट सम्मको बस्तुस्थितिबारे जानकारी लिन गएको एक टोली जिल्ला फर्के पछि नाकालाई खोल्नका लागि सरकारसँग माग गर्न जिल्लामा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । दवापमूलक कार्यक्रमको औपचारिक रुपमा बझाङ सदरमुकाम चैनपुरबाट हस्ताक्षर संकलन गरि सुरुवात गरिएका छ । सरकारले ताक्लाकोट नाकालाई खेल्न ब्यवास्ता गरेको भन्दै स्थानियबासीले जिल्लादेखि केन्द्रसम्म दवापमूलक कार्यक्रमको आयोजना गरि सरकार लाई नैतिक दवाव दिने भएका छन् । कार्यक्रममा बोल्ने बक्ताले दक्षिण एसियालाई जोड्ने सबै भन्दा छोटो त्रिदेशीय नाका ताक्लाकोट नै भएका दाबी गरेका छन् । उनहरुले धनगडी र काठमाडौंमा समेत हस्ताक्षर संकलन सरकारलाई दवाव दिन बताए । यो नाका खोल्नका लागि नेपाल सरकार र चीन सरकारबीच कुटनीतिक पहल हुनु पर्ने खड्काले भन्नुभयो सिमाबर्ती क्षेत्रका मान्छेले अनाबश्यक दुःख र झमेला बेहोर्नु परेको छ ।

mansarobar taklakot

विशेष