रियल मड्रिडकाे लिओनेसामाथि शानदार जित

कात्तिक–११ । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिडले कल्चरल लिओनेसलाई ७–१ गोलको सोझो सेटमा शानदार जित दर्ता गरेको छ ।
बुधबार राति भएको अन्तिम ३२ को पहिलो खेलमा रियल मड्रिडले क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जिमाको अभावमा पनि कल्चरल लिओनेसालाई सजिलै हराएको हो ।
रियल मड्रिडलाई सजिलो जित दिलाउन मार्को एसेनसिओ र अल्भारो मोराटाले २–२ गोल गरे । यस्तै नाचो र डियाज मेखियाले १–१ गोल गरे । लिओनेसाका जियानी जुआइभरलुनले आत्मघाती गोल गरेपछि रियल मड्रिडले सुरुवाति अग्रता लिएको थियो । लिओनेसाका लागि मार्टिनेज मार्टिनेजले मात्र एक गोल फर्काए ।
Argentina Football Team
football
Real Madrid
