खेल

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै
कात्तिक–११ । नेपाल र जापानबिच मैत्रीपूर्ण खेल हुने भएको छ । दुई देशबिच भएको ६० औँ कुटनीतिक सम्बन्धका अवसरमा आगामी मंसीर ४ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जापानका तर्फबाट पूर्व खेलाडी समेत सहभागी रहने र विश्वकप खेलेका खेलाडी तथा व्यवसायिक खेलाडीको पनि सहभागिता हुने बताइएको छ । सन् २००२ को विश्वकपमा जापानको कप्तान रहेका तोदा काजुयुकीले जापानी टोलीको नेतृत्व गर्नेछन् । मैत्रीपूर्ण खेलका लागि एक हजार र १५ सय प्रवेश शुल्क तय गरिएको र यसबाट संकलन हुने रकम भूकम्प प्रभावित जिल्लाको खेलकुद विकासका लागि प्रयोग गरिने एन्फाले जनाएको छ ।

nepal japan football

विशेष