स्वास्थ्य

होस् गर्नुस कम्प्युटरको माउसदेखि पैसासम्ममा हुन्छ हानिकारक ब्याक्टेरिया

होस् गर्नुस कम्प्युटरको माउसदेखि पैसासम्ममा हुन्छ हानिकारक ब्याक्टेरिया

money

कात्तिक १२ । ब्याक्टेरिया विशेषगरी फोहोरी वस्तुहरुमा हुन्छ भन्ने भ्रम प्राय मानिसहरुमा छ । त्यसैले ट्वाइलेट कमोट, पैसा तथा घरमा पालेको कुकुर बिरालोले खेलाउने खेलौनालाई सबैभन्दा फोहोर तथा धेरै ब्याक्टेरिया हुने वस्तुको रुपमा लिइन्छ ।

तर, ती बाहेक हाीले प्रयोग दैनिक प्रयोग गर्ने वस्तुहरुमा पनि हानिकारक ब्याक्टेरिया हुन्छ । पछिल्लोपटक गरिएको अनुसन्धानले यस्तै गम्भीर तथ्य प्रकाशमा ल्याएको छ । अब तपाइँले आफ्नो कार्यस्थलमा एन्टी ब्याक्टेरियल ह्याण्डवास र वाइपिंग पेपर सधै तम्तयार राख्नुहोस् ।

अध्ययन अनुसार हामीले कार्यालयमा प्रयोग गर्ने कम्प्युटरको कि बोर्डमा ट्वाइलेटमा भन्दा २० हजार गुणा धेरै ब्याक्टेरिया पाइन्छन् । त्यस्तै हामीले प्रयोग गर्ने कम्प्युटरको माउसमा पाइने ब्याक्टेरियाको संख्या ट्वाइलेटको फ्लस ह्याण्डिलमा भन्दा ४५ हजार गुणा बढि हुन्छ । अनुसन्धानकर्ताहरुले पाँचवटा किबोर्ड, ट्रयाकप्याड, माउस, इलेक्ट्रोनिक ब्याच र फोनको परीक्षण गरेका थिए र ती वस्तुमा प्रति वर्गइन्च कतिवटासम्म ब्याक्टेरिया रहेका हुन्छन् भन्ने मापन गरे ।

इलेक्ट्रोनिक ब्याचमा प्रति वर्गइन्च ४६ लाख २० हजार ब्याक्टेरिया पाइयो जबकी ट्रयाकप्याडमा प्रति इन्च जम्मा ८१० ब्याक्टेरिया थिए । ती ब्याक्टेरियाहरुमध्ये अधिकांस ब्यासिली, कोक्सी तथा रड्स लगायतका जातका हानिकारक ब्याक्टेरियाथिए ।

ब्यासिलस प्रजातिको ब्याक्टेरिया फूड प्वाइजनिंग लगायतमा जिम्मेवार हुन्छ भने कोक्सस जातको ब्याक्टेरियाले पनि विभिन्न खाले संक्रमण गराउँदछ ।

त्यस्तै किबोर्डमा प्रति वर्ग इन्च ३५ लाख ४३ हजार ब्याक्टेरिया पाइएको छ भने मोबाइल फोनमा १६ लाख वटा र माउसमा प्रति इन्च १३ लाख ७० हजार ब्याक्टेरिया बस्ने गरेको पाइएको छ । तर हामीले सबैभन्दा फोहोर मान्ने गरेको ट्वाइलेट, पैसा, कलम जस्ता वस्तुमा कम जिवाणु पाइएका छन् ।

घरपालुवा कुकुर बिरालोको खेलौनामा प्रति वर्गइन्च किटाणुको संख्या १९ हजार छ । त्यस्तै ट्वाइलेट सिटमा प्रति वर्गइन्च १७२, कलममा प्रति वर्ग इन्च ५१, ट्वाइलेट ह्याण्डलमा प्रति वर्ग इन्च ३० र पैसाको नोटमा प्रति वर्ग इन्च ब्याक्टेरियाको संख्या ५ रहेको पाइएको छ ।

Health

विशेष