मनोरञ्जन

शाहिदलाई चुम्बन दिएकाले रणवीर र दिपिकाको ब्रेकअप

शाहिदलाई चुम्बन दिएकाले रणवीर र दिपिकाको ब्रेकअप

dipika-ranbir बलिउड नायिका दीपिका पादुकोणले एउटा चुम्बनवाल। इमोजी पोष्ट गरेपछि उनको रणवीरसँगको सम्बन्ध धरापमा परेको छ । साहिद कपुरले ट्वीटरमा दीपिकाको प्रशांसा गरेपछि दीपिकाले चुम्बनवाला इमोजी पठाएपछि उनको र रणवीरको सम्बन्ध धरापमा परेको हो ।

साहिद कपुरले ट्वीटरमा दीपिकाको प्रशंसा गर्दै ‘हलिउडमा तपाईंले गरेको राम्रो कामका कारण हामीले गौरवान्वित बन्ने मौका पायौं ।’ लेखेका थिए ।

यत्ति लेखे लगत्तै दीपिकाले रिप्लाई स्वरुप धन्यवाद लेखेर चुम्बनवाला इमोजी पठाएकी थिइन् । यही कारण उनको र रणवीरको सम्बन्धमा खटपट आएको हो । दीपिकाले पोष्ट गरेको चुम्बनवाला दृश्यको चर्चाले अहिले बलिउड तातेको छ।

यसको जवाफमा भने रणवीरले सेलिब्रेटिको जिन्दगीमा यस्ता गसिप आइरहने बताएका छन् । उने सम्बन्धमा खतपट आयो भन्ने हल्ला मात्र भएको उल्लेख गरेका छन् ।

‘सेलिब्रेटी भएपछि नचाहिँदा गसिप आइरहन्छन, यस्ता खबरहरू आउँदा सुरुसुरुमा नराम्रो लागे पनि अचेल बानी परिसकेको छ’, उनले भनेका छन‘सेलिब्रेटीको जिन्दगी उनीहरूको व्यक्तिगत जीवन, लभ लाइभ, लिंकअप, ब्रेकअपका बारेमा चर्चा हुन्छन यस्ता कुरा सामान्य हुन् । यस्ता कुरालाई नियन्त्रण गर्न नसकिँदो रहेछ । त्यसैले म यस्ता कुरा सहन तयार भएको छु ।’

Dipika Ranbir Emoji

विशेष