समाज

बसको ठक्करबाट युवतीको मृत्यु

बसको ठक्करबाट युवतीको मृत्यु
कात्तिक - १२ । सुनसरीको रामधुनीभासी नगरपालिका– ५ झुम्काबजारमा शुक्रबार बिहान पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना४ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ । road-accident-logo इटहरी उपमहानगरपालिका–१५ एकम्वा निवासी प्रतिमा बसले ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल इनरुवातिर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jhumka bazar road accident sunsari

विशेष