नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरेकाे खुलासा

कात्तिक -१२ नेपाल खाद्य संस्थान खोटाङले कुहिएको चामल बिक्री गरिरहेको उपभोक्ताले गुनासो गरेका छन्।
संस्थानको दिक्तेलस्थित कार्यालयले बिक्री गरेको सोना मन्सुली चामल भिजेर डल्लो परेको, चिल्सा परेको, कुहिएर र सडेर कालो भएको पाइएको उपभोक्ताको गुनासो छ। दशैं र तिहारकाबेलामा खाद्य संस्थानबाट ल्याइएका अधिकांश चामल गुणस्तरहिन पाइएको खाल्लेका स्थानीय नेत्र कट्वालले बताए।
उपभोक्ताका अनुसार खाद्य संस्थानबाट ल्याइएका चामल गन्हाएर खानै नसकिने अवस्थाको रहेको छ। दशैंकालागि खरिद गरिएको खाद्य संस्थानको चामलको खानाको स्वाद समेत अमिलो भएको खार्मी–५ का सुरेश श्रेष्ठले बताए। दशैंतिहारकाबेलामा खाद्य संस्थानले खान अयोग्य अवस्थाका ६११ क्वीन्टल चामल बिक्री गरेको जनाएको छ। सडेको अरुवा सोना मन्सुली नामको चामल संस्थानले प्रतिकेजी ३४ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ।
khotang
kuhiyeka chamal bigyeyo
nepal khadya sasthan
