खेल

रोनाल्डो मेस्सीको प्रशंसक बनेपछि...

रोनाल्डो मेस्सीको प्रशंसक बनेपछि...
कात्तिक–१२ । एक स्टार फुटबल खेलाडीले प्रशंसा गर्ने फुटबल खेलाडी को हुन सक्ला ? बितिसकेका महान खेलाडी, आफ्नै जाडीको रुपमा खेल्ने खेलाडी वा आफूलाई बल उपलब्ध गराउने मिडफिल्डर ? तर आफ्नो प्रतिद्धन्द्धी भने नहोला । ronaldo पक्कै पनि हामीले रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले सबैभन्दा बढि प्रशंसा गर्ने खेलाडी उनकै जोडीको रुपमा खेल्ने वा बितिसकेका महान् खेलाडी हुनसक्ने भनेर अड्कल काटौँला ।  तर हालै सार्वजनिक एक पत्रिकाले भने रोनाल्डो आफ्नै प्रतिद्धन्द्धी बार्सिलोनाका स्टार लिओनल मेस्सीको सबैभन्दा ठूलो प्रशंसक भएको खुलासा गरेको छ । कोच म्यागजिनले रोनाल्डोसँग गरेको संवादमा उनले मेसीप्रति आफ्नो श्रद्धा रहेको बताएका छन्। ‘मिडियाले हामीलाई ठूलै प्रतिद्धन्द्धीको रुपमा चित्रण गर्ने गर्छ। तर, हामीबीच त्यस्तो केही छैन,’ रोनाल्डोले भने–‘हामी घनिष्ट साथी होइनौं तर दुवैजना एक अर्काप्रति उत्तिकै सम्मान गर्छौँ।’ विश्वका दुई उत्कृष्ट खेलाडी रोनाल्डो र मेसी प्रतिद्धन्द्धी क्लबबाट खेल्ने हुँदा पनि उनीहरू बीचको प्रतिद्धन्द्धीतालाई लिएर चर्चा हुने गरेको छ। २००८ देखि बालोन डि’ओरको उपाधि दुईजनाले नै बाँडदै आइरहेका छन्। मेसीले बालोन डि’ओरको उपाधि पाँच पल्ट र रोनाल्डोले तीन पल्ट जितेका छन्। –एजेन्सी

Messi ronldo

विशेष