Technology

इन्टरनेटबिना बाटो पत्ता लगाउन ‘म्याप्स डट मी’ एप्लिकेसन्स

इन्टरनेटबिना बाटो पत्ता लगाउन ‘म्याप्स डट मी’ एप्लिकेसन्स

एन्ड्रोइड र आईओएस मोबाइलमार्फत आफूले चाहेको नक्सा तथा स्थान लगाउने सुविधा आएको छ । जसअनुसार ल्याटट्युड र लंगिट्युडबाट लोकेसन थाहा पाउन सकिने भएको छ ।

 ल्याटट्युड र लंगिट्युडका बारेमा जानकारी दिने वेब तथा एन्ड्रोइड र आईओएसजस्ता मोबाइल अपरेटिङ सिस्टमका लागि भनेर थुप्रै एप्लिकेसन्सको विकास भइसकेका एपमध्ये गुगलले विकास गरेको ‘गुगल म्याप्स’ धेरैले प्रयोग गर्ने गरेका छन् ।

गुगल म्याप्समा कुनै पनि ठाउँबारे खोज गर्न इन्टरनेटको अवश्यकता पर्ने भएकाले अब कुनै पनि ठाउँको खोज गरिएको छ भने त्यस क्षेत्रको म्याप मोबाइलमा ‘क्यास डेटा’का रूपमा बस्नेछ । जसको कारण पुनः त्यस ठाउँको म्याप हेर्न चाहेमा हरेक चोटि इन्टरनेट आवश्यक नपर्ने भएको छ ।

कुनै पनि ठाउँको म्याप पहिले नै डाउनलोड गरेर त्यस ठाउँवरिपरि रेस्टुरेन्ट, क्याफे, पर्यटक आकर्षण, होटल, एटीएम तथा सार्वजनिक परिवहन सजिलै खोज्न सकिन्छ ।

एक चोटि वाईफाई वा कुनै नेटवर्कदेखि म्याप डाउनलोड गरिसकेपछि, अरू कुनै कुराको चिन्ता लिन पर्दैन । ’म्यप्स डट मी’ले ’ओपन स्ट्रटी म्याप’को डेटा प्रयोग गरेर त्यसै डेटामाथि आफ्नो एप र एल्गोरिदम डेभलप गरेको छ ।

यो एपको प्रयोग हिँड्दा, साइक्लिङ गर्दा होस् वा गाडी चलाउँदा, आफ्नो अनुकूल मिलाएर प्रयोग गर्न सकिन्छ । आफू जाने वा पुग्नुपर्ने लोकेसनलाई यस एपमा गएर खोज्न सकिन्छ । आफूले खोजेको लोकेसनको बाटो पाउन सकिन्छ । यो काम गुगल म्याप्समा पनि गर्न सकिन्छ तर मार्ग पत्ता लगाउन, रेस्टुरेन्ट, क्याफे आदि इत्यादि खोज गर्न इन्टरनेट आवश्यक पर्छ ।

करोडौं प्रयोगकर्ता रहेका यो एप दुवै एन्ड्रोइड र आईओएस मोबाइल अपरेटिङ सिस्टमका लागि उपलब्ध छ । ‘गुगल प्ले स्टोर’ र ’एप स्टोर’ देखि सजिलै निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

विशेष