पाेखरामा खाना महोत्सव मङ्सिर २ गतेदेखि
कात्तिक - १२ । पोखरा नगर रेस्टुराँ तथा वार एसोसिएसन (सिटी रेवान) पोखराले आगामी मङ्सिर २ देखि १२ गतेसम्म पोखरा रङ्गशालामा पाँचौँ सिटी रेवान महोत्सव तथा खाना महोत्सव गर्ने भएको छ।
पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिन लागिएको सो महोत्सवमा १२५ वटा स्टल राखिने छ। महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्यले जानकारी दिए।
महोत्सव एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार ५०० खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको छ। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने बताइएको छ।
food festival in pokhara
सिटी रेवान