विचार स्वास्थ्य

मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व, तिहार झनै महत्वको चाड

मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व, तिहार झनै महत्वको चाड
- गोपाल ढकाल/ मनोविद
gobinda-dhakal-1
सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन् । आफन्त ,साथीभाइसगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ । आपसी प्रेम , भाइचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ । शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश, जाँगर र हैसला मिल्छ , आत्मबल बढाउछ , सकारात्मक मार्गमा हिडने प्रेरणा मिल्छ , सकारात्मक सोचको विकास गरिदिन्छ । मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापी कै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोबैज्ञानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी चाडको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ । चाडपर्वमा खाईने मिठो मसिनोले शारीरिक स्वास्थ्य राम्रो बनाऊछ । भेटघाट र शुभकामनाको आदन प्रदानले सामाजिक स्वास्थ्य कायम राख्छ ्र चाडपर्वको बेला तुलनात्मक रूपमा अपराधका घटनाहरू कम हुने गर्दछन । चाडपर्वको अवसरमा गरिने पूजापाठले मानिसलाई आध्यात्मिक रूपमा स्वस्थ्य वनाउछ । तिहार बत्ति र फूलको पर्व हो । उज्जयालो , चम्किलो र सुन्दर कुरा नै रोज यसमा रमाउने प्रयास गर भन्ने संदेश यसले दिएको हुन्छ । मानिसले अन्धायारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ । डिप्रेशनले गाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठुलै औषधीको काम गरिरहेको हुन्छ । तिहारमा काग , कुकुर , गाई , गोरूको पूजा गर्नु भनेको उनिहरूको कामको सम्मान गर्नु हो । संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन । अरूको कदर र गुणको पूजा गर्नु पर्छ चाहिए ति पशु वा आफूभन्दा साना नै किन नहुन । यो कुराको प्रष्ट संदेश तिहारमा पाईन्छ । कसैले आफनो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढछ । कलह र बिद्रोहको कारण पनि यहि हो । तिहारमा खेलिने देउशी भैलो मनोरन्जनको राम्रो माध्यम हो । मानसिक स्वास्थ्यका लागि मनोरन्जन ज्यादै महत्वपूर्ण हुन्छ । तिहारमा लझ्मि वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नु पर्छ भन्ने हो । घनि वन्ने हो भने पैसाको कदर र सम्मान गर्नै पर्छ । यसो नगर्ने मान्छे कहिल्यै धनि हुन सक्दैन । भाइ पूजाले त व्यक्तिको आत्मसम्मान बढाउन ठूलो काम गरेको हुन्छ । आत्मसम्मानको कमि हुदा व्यक्तिमा बिभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन । चेलीहरू विवाह गरि अर्काको धरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनिबीचको सम्बन्ध टाढा हुदै जानसक्ने सम्भावना धेरै हुने हुदा माईती र चेलीबीचको सम्बन्ध गाढा बनाई राख्न तिहार जस्तो चाडको ठुलो महत्व छ । तिहारको मनोबैज़ानिक महत्वलाई बुझौ र यसलाई धुमधामका साथ मनाऔं ।

- मार्क नेपालका साइकोलोजिष्ट हन् ।

psychologist Gobinda Dhakal psychology of festival tihar

विशेष