देश

उदयपुरलाई आठ तहमा पुनरसंचना गर्ने सहमती

उदयपुरलाई आठ तहमा पुनरसंचना गर्ने सहमती
कात्तिक - १३ । उदयपुर जिल्लालाई स्थानीय तहमा पुनरसंरचना गर्दा आठ वटा तहमा पुनरसंचना गर्ने जिल्लाका राजनीतिक दलहरुबीच समहमति भएको छ । जिविसमा बिहीबार र शुक्रबार बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकपछि शुक्रबार जिल्लाका राजनीतिक दलहरु आठ वटा निकायमा पुनरसंचरना गर्न सहमत भएका नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज मोहन पौडेलले बताए । दलहरुबीच जिल्लालाई चार गाउँपालिका र चार नगरपालिकासहितको स्थानीय निकायको पुनःसंरचना गर्ने सहमति भएको छ । अहिले जिल्लामा त्रियुगा, कटारी र बेल्टार बसाहा नगरपालिकासहित तीनवटा नगरपालिका रहेका छन् । जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला तपेस्वरीसहितको क्षेत्रलाई बेलका नगरपालिका बनाउने प्रस्ताव गरिएको नेकपा ९एमाले० का जिल्ला अध्यक्ष इस्वरमणि राउतले बताए । यसअघि उदयपुरमा तीन नगरपालिका र ४० गाविस रहेका थिए ।

udyapur

विशेष