समाज

यसरी मनाइयाे कुकुर तिहार (फाेटाे फिचर)

यसरी मनाइयाे कुकुर तिहार (फाेटाे फिचर)
यमपञ्चकको दोस्रो दिन आज देशभर कुकुरको पूजा गरिदै छ । मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार जीवको रूपमा कुकुर रहेकाले पूजा गर्ने चलन छ । यसै क्रममा सयुक्त राज्य अमेरिकाकी राजदूत टेप्लिट्जले पनि आफ्नो कुकुरलाई टीका र माला लगाइदिएर पूजा गरेकी छन् । us-embessy नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय महाराजगन्जसहित देशभर सेवारत कुकुरहरुको पूजा गरेको छ । प्रहरीले कुकुरलाई अपराध अनुसन्धान, विमानस्थल र विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा लगाउँदै आएको छ । Line of Nepalese police dogs salutes to guest after they have worshipped during a Kukkur Tihar ( Dog worship day ) at Central Dog Training Center of Nepal police at Maharajgunj on Tuesday. POST PHOTO/KIRAN PANDAY/KANTIPUR महाभारतमा सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुरबीना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्यमार्गको प्रतिनिधिका रुपमा लिइन्छ । dog चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ । तन्त्रसाधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो । kukur-puja-2 ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बारेमा उल्लेख गरिएको छ । समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । kukur-police-2 वैदिक सनातन हिन्दू परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ । मृत्यु पर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । kukur-tihar आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको थियो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुरमा आधारित रहेर चलचित्र बनाइएको थियो । /fhwfgLsf] j;Gtk'/df ltxf/sf] bf]>f] lbg s's'/ k"hf ub}{ sf7df8f}+ If]q g++= $ sf :jtGq pDd]bjf/ ;Gtf]if k|wfg . मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र “हाछिको“ आज पनि विश्वभरि उत्तिकै लोकप्रिय छ । उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् । kukut-pujs-6 मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, । त्यही समबन्धलाइ बलियो बनाउनलाइ पुजन गरिन्छ । घरपालुवा मात्र नभई सडकका छाडा कुकुरहरुलाई पनि माला अबिरको टीका लगाएर पूजा गरि खाना खान दिने चलन छ । kukur-puja-36 आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता छ । यस अर्थमा आज कुकुरहरुप्रति समर्पित हुने दिन हो ।

Kukur tihar

विशेष