मनोरञ्जन

ऐ दिल है मुश्किललेको पहिलै दिन शानदार कमाइ

ऐ दिल है मुश्किललेको पहिलै दिन शानदार कमाइ
कात्तिक - १३ । धेरै समयको विवादपछि रिलिज भएको ऐ दिल है मुश्किलले पहिलो दिनै दर्शकको मन जित्न सफल भएको छ र राम्रो कमाइ पनि गरेको छ । मार्केट एनालिस्ट तरण आर्दशले यसको पहिलो दिनको कमाई १३ करोड ३० लाख भारतीय रुपैयाँ रहेको बताएका छन् । ae-dil-hai-mushkil-star-cast यो कमाई राम्रो मानिन्छ किनकि दिपावलीको समयमा मानिसहरु घरका कामकाजहरुमा ब्यस्त हुने गर्दछन् । तर पनि यो चलचित्रले राम्रो कमाई गरेको मानिन्छ । यो चलचित्रले रणवीर कपुरका पछिल्ला चलचित्रको रेकड तोडेको हो । रणवीरको यो भन्दा अघिको चलचित्र तमाशाले पहिलो दिन १० करोड कमाइ गरेको थियो । निर्देशक करण जौहरको यो चलचित्रमा रणबीर, एश्वर्या रार, अनुष्का शर्मा, फवाद खानलगायतका कलाकारले अभिनय गरेका छन् । यसमा अभिनेत्री एश्वर्यासँग रणवीरको हट सिन समावेश गरिएको छ । पाकिस्तानी अभिनेता फवाद खानका कारण यो चलचित्रमा प्रदर्शनीमा समस्या आएको थियो । र सिनेमा ओनर्स एक्जिबिटर्स एसोसिएशन अफ इंडियाले यो चलचित्र सिंगल स्क्रीनमा देखाइने छ । तर, अहिले मल्टिप्लेक्सको साथमा सिंगल स्क्रीन सिनमा हलमा पनि रिलिज गरिएको छ । एकदुई ठाउँमा केही विरोध भएपनि त्यसको असर भने देखिएको छन् । शनिवार र आइतबार हुने कमाई भने यसको पोल्टोमा पर्न देखिन्छ । अहिले अजय देवगनको महत्वकांक्ष चलचित्र शिवाय पनि प्रदर्शन भइरहेको छ । शिवाय र ऐ दिल है मुश्किलको ठूलो टकर चलिरहेको छ । - एजेन्सी

Ranbir Kapur Ye dil he kuskil

विशेष