खेल

बेलोना डि ओर रोनाल्डोले जित्ने प्रशिक्षक जिदानको दाबी

बेलोना डि ओर रोनाल्डोले जित्ने प्रशिक्षक जिदानको दाबी
कात्तिक – १३ । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले यस वर्षको बेलोन डि ओर क्रिस्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन् । zidan_g रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरोकप जिताउन सफल भएका थिए । र रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधी दिलाउन महत्वपूर्ण योगदान दिए । यसै आधारमा जिदानल रोनाल्डोले सन् २०१६ को बेलोन डि ओर जित्ने दाबी गरेका छन् । संचारकर्मीसँग कुरा गर्दै जिदानले भने, ‘यदि हामीले यस वर्ष रोनाल्डोको प्रभावशाली प्रर्दशन र उनले आफ्नो राष्ट्र र क्लबलाई दिलाएको सफलता हेर्यौं भने रोनाल्डोले यस वर्षको बेलोन डि आर का एक्ला हकदारका रुपमा लिनसक्छौँ।’ यसवर्षको बेलोन डि ओरकालागि सार्वजनिक गरिएको ३० जनाको मनोनयनमा रोनाल्डोलाई अवार्डको प्रमुख दाबेदारको रुपमा हेरिएको छ।

football Rolando Zinedi Zidan

विशेष