तिहारको तेस्रो दिन, आज लक्ष्मीपुजा गरिँदै

कात्तिक १४ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको तेस्रो दिन आज देशभर दीपावली गरेर लक्ष्मीपुजा गरिँदैछ ।
घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइन्छ । झ्याल, ढोकामा फूलले सजाउने, गाग्रोमा पनि फूलको मालाले सिंगार्ने चलन छ ।
साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालेको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गर्ने चलन छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने धार्मिक मान्यता रहेको छ । लक्ष्मी पूजा बालबालिकाले भैली खेलेर रमाइलो पनि गर्छन् ।
लक्ष्मीपुजाको दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि हो ।
laxmi puja