मनोरञ्जन

अजयको ‘शिवाय’ र रणवीरको ‘ए दिल हे मुश्किल’ कस्को व्यापार कती ?

अजयको ‘शिवाय’ र रणवीरको ‘ए दिल हे मुश्किल’ कस्को व्यापार कती ?
कात्तिक – १४ । बलिउडमा यतिबेला दिवालीको अवसरमा २ चलचित्रविच कडा टक्कर देखिएको छ । शुक्रबारबाट रिलिज भएका चलचित्र ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’ विच बक्स अफिसमा कडा टक्कर देखिएको छ ।
ae-dil-hai-mushkil-or-shivaay-7591
तर, धेरैको अपेक्षा र अनुमान विपरित ‘ए दिल हे मुश्किल’ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ । करण जोहर निर्दे्शित चलचित्र ‘ए दिल हे मुश्किल’ले मल्टिप्लेक्समा धेरै हल पाएको छ । अजय देवगण निर्दे्शित तथा अभिनित चलचित्र ‘शिवाय’ले सिंगल थिएटरमा धेरै हल पाएको छ । शुक्रबार चलचित्र ‘ए दिल हे मुश्किल’ले १३.३० करोडको कारोबार गरेको छ । ओभरसिजमा यो चलचित्रको कमाई २० करोड माथि छ । रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा, फवाद खानको मुख्य भूमिका रहेको यो चलचित्रमा नायक साहरुख खानको केमियो भूमिका छ । तर, साहरुखको ३ मिनेट लामो केमियोले नै अहिले सबैभन्दा बढी चर्चा पाइरहेको छ । अजयको ‘शिवाय’ले पहिलो दिन १०.२४ करोडको कारोबार गरेको छ । महंगो बजेटमा बनेको यो चलचित्रको ओपनिङ व्यापार केहि कमजोर देखिएको छ । ओभरसिजमा पनि चलचित्रको सुरुवात कमजोर छ । तर, दिवालीको बिदाका कारण पनि दुबै चलचित्रले बक्स अफिसमा दर्शक तान्ने अनुमान लगाइएको छ ।

Shivay ye dil hai mushkil

विशेष