जिल्ला स्तरिय भलिबल प्रतियोगीता सुरु

कात्तिक - १३ । नवलपरासी । तिहार र छठ पर्वको अवसरमा नवलपरासीको गुठीसुर्यपुरामा जिल्ला स्तरिय भलिबल प्रतियोगीता आजबाट शुरु भएको छ । शिरथान युवा क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब २० टिम सहभागी छन् ।
प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र न ६का सांसद देवकरणप्रसाद कलवारले गरे । खेलको उद्घाटन गर्दै सांसद कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफू सदैब लाग्र्ने बताए ।
सुस्ताको समग्र बिकास , हुलाकी बाटो, नेपाल भारत सीमा क्षेत्रका सडकको स्तर उन्नती सहित आफु सदैब यस क्षेत्रका आर्थिक, सामाजीक, शैक्षिक बिकासमा लागी पर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतियोगीतामा बिजयी टिमले २० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
- रबिन्द्र यादव/नवलपरासी
Devkarnaprasad kalawar
nawalparshi
