Technology

अन्तरिक्ष यात्री लिएर सोयुज धर्तीमा आयो

अन्तरिक्ष यात्री लिएर सोयुज धर्तीमा आयो
कात्तिक १४ । रुसी अन्तरिक्ष यान सोयुज तीन जना अन्तरिक्ष यात्री लिएर आइतबार धर्तीमा फर्केको छ । एपीका अनुसार कजाकस्तानमा ओर्लेको यानले अमेरिकी, रुसी र जापानी अन्तरिक्ष यात्रीलाई अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनबाट ११५ दिनको बसाइ पूरा गरेका यात्रीलाई लिएर आएको हो । antarikshya यानमा अमेरिकाको नासाका केट रबिन्स, जापानका ताकुया ओनिसी र रुसका अनातोली इभानिसिन रहेका थिए । उनीहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो । एपीका अनुसार यस पटकको यात्रा विगतका तुलनामा धेरै छिटो सम्मपन्न भएको थियो । स्टेसनबाट छुटेको साँडे तीन घन्टामा यान धर्तीमा उत्रेको थियो । यान ठाडै ओर्लेकाले अन्तरिक्ष यात्रीलाई बाहिर निकाल्न पनि सजिलो र छिटो भएको समाचारमा उल्लेख छ । अमेरिकी यात्री रबिन्सन धर्तीमा ओरालिँदै । एजेन्सी

antarikshya yatri liyera yaan aayoo soyuj

विशेष