रियल मड्रिडको जितमा रोनाल्डोको ह्याट्रिक

कात्तिक १४ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले अलाभेसलाई ४–१ को फराकिलो गोल अन्तरले हराएको छ। शनिबार राति भएको खेलमा रियल मड्रिडको जितका लागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका हुन्।
उनले १७, ३३ र ८८ औं मिनेटमा ह्याट्रिक गरे। भने अल्भारो मोराटाले पनि एक गोल गरे। रोनाल्डोले अहिलेसम्म रियल मड्रिडबाटै २० क्लब विरुद्ध ह्याट्रिक गरेका छन्।
यस्तै, अलाभेसका लागि ब्रुम सिल्भा एकोस्टाले एक गोल गर्न सफल भए। जितपछि शीर्ष स्थानको रियलको १० खेलबाट २४ अंक भएको छ । रियलले दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी दुई बनाएको छ ।
Ronaldo
