स्वास्थ्य

धादिङमा २५ स्थानकाे पानीका मुुहानमा हैजाका कीटाणुु

धादिङमा २५ स्थानकाे पानीका मुुहानमा हैजाका कीटाणुु
कात्तिक १४ । उपभोक्ताले उपभोग गरिरहेको मुहानकै पानीमा हैजाको कीटाणु भेटिएको छ । दक्षिणी धादिङको थाक्रे र नौबिसे गाविसमा पानी परीक्षण गर्दा मुहानमै हैजाको कीटाणुु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लले जानकारी दिए । haija नौबिसे र थाक्रे गाविसमा रहेका खानेपानीको विभिन्न २५ स्थानबाट पानीको नमुना लिइएकोमा हैजाको कीटाणु भेटिएपछि सावधानी अपनाइएको छ । सो क्षेत्रमा रहेका १८ जना मानिस बिरामी भएपछि पानी परीक्षण गरिएको थियो । महामारी रोकथामका लागि स्वास्थ्य तथा पोषण क्लस्टरले योजना बनाई महामारी फैलन नदिएकाले नियन्त्रण गर्न सकिएको क्लष्टरका सदस्य गोकर्ण रुपाखेतीले बताए। पानीमा हैजाको किटाणु भेटिएको र पानीमा हैजाको कीटाणु भेटिएको क्षेत्रमा सबै घरमा पानी निर्मलीकरण गर्न पियुस वितरण गरिएको छ भने हातधुने बानी बसाल्न अभियाननै चलाइएको छ । रोग नियन्त्रणमा आएकाले कुनै समस्या नभएको मल्लको भनाइ छ । रासस

Dhadhing haija

विशेष