खेल

नवलपरासीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगी सुरु

नवलपरासीमा जिल्ला स्तरिय कबड्डी प्रतियोगी सुरु
खेल

kalwar कात्तिक - १४ । नवलपरासी । तिहार र छठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिमसहभागी छन् । प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र।न। ६का सांसद देवकरण प्रसाद कलवारले गरे । खेलको उद्घाटन गर्दै सांसद कलवारले खेल जगतले खेलाडी र राष्ट्र को पहिचान गराउने भएकाले खेल जगतलाई मर्यादित बनाउनपर्ने बताए । सो अवसरमा बोल्दै नेता कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने र यसकालागी क्षेत्रका जनताको साथ सदैब आफूहरुलाई आवश्यक भएको बताए । प्रतियोगीतामा बिजयी टिमले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगीता कात्तिक१६ गतेसम्म चल्ने छ ।
- रबिन्द्र यादव/नवलपरासी
 

Kabadi nawalparasi

विशेष