मनोरञ्जन

भक्तपुरलाई भारतको उत्तराखण्ड बनायो चलचित्र ‘दशका दम’ले

भक्तपुरलाई भारतको उत्तराखण्ड बनायो चलचित्र ‘दशका दम’ले
das-2 कात्तिक १५ । गौतम बुद्धको जन्मस्थान लुम्बिनी भारतले आफ्नो भन्दै प्रचार गरेको धेरै भइसकेको छ । नेपालमा जन्मेको प्रमाण पर्याप्त भए पनि भारतले आफ्नो दाबी फिर्ता लिएको छैन । नेपालको ऐतिहासिक स्थल भक्तपुरुलाई समेत भारतले आफ्नो बनाएको छ । भक्तपुरलाई भारतको उत्तराखण्ड भनेर वर्णन गरेको छ । दक्षिण भारतमा बनेको एक चलचित्र ‘दसका दम’का अधिकाशं दृश्यहरु नेपालमा छायांकन गरिएका छन् । तर, त्यहाँ कथामा भारतको उत्तरखण्ड भनेर वर्णन गरिएको छ । उक्त चलचित्रको मुख्य कलाकारहरुमा नेपाली सुनिल थापा पनि छन् । ती बाहेक ‘सर्पोटिङ रोल’मा भक्तपुर महिला तथा पुरुषहरुलाई पनि देख्न सकिन्छ । ‘दशका दम’चलचित्रको कथा कहाँबाट शुरु भएर कहा खत्तम हुन्छ त्यो हेर्नेहरुलाई पनि थाहा हँुदैन । कथाको नायकको पछाडि खलनायक दौडने, गाडी फुटाउने र खलनायकहरुको राम धुलाई स्वाभाविक लाग्दैन । कथामा एक्सन छ, रोमान्स छ, प्रेम छ, तर, सबै हावादारी मनोरञ्जनको लागि । कथामा धेरै उपकथा जोडिए पनि मुख्य कथा ग्यांस्टरको छ । चलचित्रका नायिका अपहरणमा परेर पर्छिन । अपहरणको मुख्य योजनाकार भक्तपुरमा हुन्छ । तर , भक्तपुरको दृश्यलाइ चलचित्रमा उत्तरखण्ड भनिएको छ । अपहरणमा परेकी नायिकालाई गुण्डाको नाईकेसम्म ल्याईपुर्‍याउँदाको घटना र त्यसपछि उत्पन्न हुने घटनामा चलचित्र घुमेको छ । dus-1 कथामा धेरै ठाउँहरु नेपालको ग्रामिण भेगको छ । त्यहाको मानिसहरु र कपडाहरु नेपाली नै छन् । कुन ठाउको दृश्य कुन ठाउँको हो, ठम्याउन सकिँदैन । तर, भक्तपुरको दृश्य भने स्पष्ट छ । जहाँ भक्तपुर दरबार स्क्वाएर, न्यातपोल मन्दिर , पचपन्न झ्याले दरबार र अन्य ठाउँको दृश्यहरु छन्, चलचित्रमा ती दृश्यहरुलाई उत्तराखण्ड भनेर वर्णण गरिएको छ । कथामा सुनील थापाको रोल १ घण्टा ४० मिनेटपछि आउँछ । चलचित्रमा उनको रोल वकिलको देखाइएको छ । जो खलनायकका लागि काम गर्छन । सुनील थापालाई दोस्रो चोटी १ घण्टा ४७ मिनेटमा देखाईन्छ । यो सबै दृश्य भक्तपुरमा छायांकन गरिएको छ । चलचित्रमा उत्तराखण्ड भारत भनिएको छ । १ घण्टा ४७ मिनेटपछिको जतिपनि दृश्यहरु छायांकन गरिएको छ । त्यो भक्तपुरमा नै गरिएको छ ।अन्तिमको थोरै दृश्य भारतमा लगेर टुङ्ग्याईएको छ । त्यो भन्दा अगाडिको दृश्यहरुमा भने फाट्फुट् रुपमा नेपालको अन्य भूँभागहरु देखाईएको छ । चलचित्रमा खलनायकको हजुरआमा मरेर घाटमा पुग्दा नेवारी बाजा बजाएर लगिएको छ । अभिनेता सुनिल थापालाई चलचित्रमा लगभग ५ ठाउँमा मात्र देख्न सकिन्छ । [embed][/embed]

विशेष