समाज

विक्रम सम्वत् त भारतका राजाले चलाएका हुन् नेपालीको खास नयाँ वर्ष त आज हो

विक्रम सम्वत् त भारतका राजाले चलाएका हुन् नेपालीको खास नयाँ वर्ष त आज हो

bhintuna-wishes-358x300

कात्तिक १५ । भारत उज्जैनका राजा विक्रमादित्यले विक्रम सम्वत् चलाए । त्यो विक्रम सम्वत् अहिले नेपालको राष्ट्रिय पात्रो बनेको छ । यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि शुरू भएको हो र त्यस भन्दा पहिले नेपालमा शक संवत तथा नेपाल सम्वत प्रयोग हुने गर्दथ्यो अनि शक संवत १८२३ मा त्यस शक संवतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम संवतको १९५८औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ ।

तर खासमा नेपालको आफ्नै पात्रो छ । त्यो पात्रो नेपाल सम्वत हो । यो नेपाल सम्वतलाई धेरैले नेवारहरुको भन्ने गर्छन् । तर पात्रो कुनै जातिको पेवा हुँदैन । हुने भए विक्रम सम्वत उज्जैनकै राजा र उनको सन्तानहरुको मात्रै हुने थियो ।

नेपाल संवत नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात चन्द्रमासमा आधारित साल हो । यो संवत नेपालको मौलिक संवत हो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन् । उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत थालिएको हो ।

नेपाल सम्वत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । यो संवतको पहिलो दिन विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ । तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ ।

आज नेपालीहरुको मौलिक सम्वत नेपाल सम्वत ११३७ को पहिलो दिन हो । नयाँ वर्षको सबैलाई शुभकामना । नेपाल संवत ११३७ या न्हू दं या भिंतुना।

bikram sambat

विशेष