देश

लक्ष्मीपुजा दियाे बाल्दा माओबादी नेताको घर जलेर नष्ट

लक्ष्मीपुजा दियाे बाल्दा माओबादी नेताको घर जलेर नष्ट
देश

कात्तिक – १५ । लक्ष्मीपुजा गर्न बालेको दियोबाट आगो सल्केर माओबादी नेताको घर जलेर नष्ट भएको छ । पूजा गर्न बालेको पालाबाट सल्केको आगोले जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला २ रामपुर बजारका नेकपा माओबादी केन्द्रका २ नम्बर वडा कमिटी उपाध्यक्ष प्रेमबहादुर राईको घर जलेर नष्ट भएको हो । आईतबार साँझ पूजा गरेर घरका बालबालिका भैली खेल्न निस्केको तथा आमा भान्सामा व्यस्त भएका बेला आगो सल्केर घरमा आगो लागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । राति ९ः०० बजेको आगो परिवार र स्थानीयले इलाका प्रहरी कार्यालय रामपुरको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिएको नागरिकले उल्लेख गरेको छ । आगलागीबाट फुसको छानो भएको राईका दुईतले काठे घरमा क्षेति पुगेको छ भने घरभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा र कागजात नष्ट भएको प्रहरीले जनाएको छ ।

aglagi

विशेष