समाज

यसकारण मनाईन्छ गोर्वधन र म्हपूजा

यसकारण मनाईन्छ गोर्वधन र म्हपूजा
समाज

govardhan-sri-krishna कात्तिक – १५ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आज चौथौ दिन अर्थात कात्र्तिक शुक्ल प्रतिपदा, आज देशभर परम्परा अनुसार गाई, गोवर्धन, गोरु र म्हस्पूजा गरिदै छ । यसैगरी आजै गोर्वधन पूजा पनि गरिदैछ । गाईको गोबरबाट गोवर्धन पर्वत बनाई पूजा गर्ने हिन्दु परम्परा छ । भगवान कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलबासीलाई ठूलो बर्षाबाट जोगाएर इन्द्रको घमण्ड चुर गरेको विश्वासका साथ गोवर्धन पूजा गरिन्छ । यस्तै वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । गोरुलाई पनि पूजा गरि माला लगाईदिएर मिठो मिठो परिकार खान दिने प्रचलन छ । आजकै दिन नेवार समुदायमा म्हस्पुजा अर्थात आत्मपुजा गरिदैछ । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ आज सााझ परिवारका सम्पूर्ण सदस्य बसी म्हस्पूजा गर्ने चलन रहेको छ ।

gobardhan puja

विशेष