फुड

यसरी पकाउनुहाेस् मीठो सेलरोटी [फाेटाेफिचर]

यसरी पकाउनुहाेस् मीठो सेलरोटी [फाेटाेफिचर]
फूड/सेलराेटी

- इन्दिरा केसी
tihar-selroti-nepalaaja-main
तिहार नेपालीहरुको दोस्रो महान चाड हो । विशेषगरि तिहारमा सेलरोटि पकाइने हुनाले मलाई यो चाड एकदमै मनपर्छ । तिहारमा सेल आफैँ पकाउँछु । सेल पकाउन थालेको लगभग २२ वर्षजति भइसक्यो ।
tihar-selroti-nepalaaja-02
मेरो माइती काभ्रेकोे पाँचखाल हो । विवाहअघि नै माइतिमा आमासँग बसेर सेल पकाउने गर्थेँ । त्यसैगरि सेल पकाउन सिकेँ । विवाह गरेर गोठाटार आएँ । यहाँ त झन् बनाउनै पर्यो । विहे गरेर आएकी छोरीले सबै काम गर्न जानेकै राम्रो मान्छन् । त्यसकारण यहाँ पनि आफैँ पकाउन थालेँ ।
tihar-selroti-nepalaaja-03
बनाउँदै गएपछि काममा आफैँ माहिर बनिदैँ आइने रहेछ । सेल पकाउन अब्बल निस्किएर आएँ । वरिपरिका छिमेकीलाई पनि मैले पकाएको सेल औधि मिठो लाग्थ्यो । सुरुसुरुमा पकाउँदा त साह्रै हात पोल्थ्यो । तातो तेल उछिटिएर धेरै पटक हातभरी फोका पनि उठेको छ ।
tihar-selroti-nepalaaja-04
तर, केही पाउन केही गुमाउनै पर्ने रहेछ । अंग्रेजीमा ‘नो पेन नो गेन’ भनेजस्तै । राम्ररी पकाउन जानेपछि त भ्याइनभ्याइ हुन थाल्यो । जताततै बोलाउन थाले । अहिले आफन्त र दिदीवहिनीहरुले पनि बोलाउँछन् । तिहार आएपछि भ्याइनभ्याइ हुन थाल्छ ।
यसरी पकाइन्छ सेल
सेल पकाउन चामलको पिठो चाहिन्छ । टाइचिनको चामलको सेल बढि प्रिय हुन्छ । चामललाई भिजाएर चामल पिस्ने मिलमा पिसिन्छ । पिसिसकेपछि त्यसलाई आवश्यकता अनुसारको घ्यू, चिनी र पानी हालेर मज्जाले मुछ्नु पर्दछ । चिनीको साटो सखरको स्वाद मनपर्नेले सखर पनि राख्न सक्नुहुनेछ ।
tihar-selroti-nepalaaja-01
पिठोलाई धेरै सारो पनि बनाउनु हुँदैन र धेरै गिलो पनि बनाउनु हुँदैन । घ्यूले सेललाई नरम बनाउन मद्दत गर्छ । तर, घ्यूको मात्रा अत्याधिक भयो भने सेल गिलो हुन्छ र राम्रो बन्दैन । त्यसैले आवश्यकता अनुसारको मात्रा पुर्याउनु पर्छ ।
tihar-selroti-nepalaaja-05
पिठो राम्ररी मुछिसकेपछि त्सलाई एक दिनसम्म त्यत्तिकै राख्नुपर्छ । भोलिपल्ट पिठोमा आवश्यक परेको पानी थपेर पकाउन सकिन्छ । काँडा उम्रेको सेल यदि मनपर्छ भने भिजाएर राखिएको चामललाई घरमै मिक्सचर अभवा सिलौटामा पिसेर तयार गरिएर राखिएरको पिठोमा हाल्न सकिन्छ ।
tihar-selroti-nepalaaja-06
पिठो राम्ररी बनाउन जाने पनि धेरैलाई सेलको आकार राम्रो बनाउन आउँदैन । हातले हाल्दा सबैले सेल राम्रो बनाउन पनि सक्दैनन् । मैले पहिल्यैदेखि हातले नै हाल्न सिकेर अहिले पनि हातले नै आकार दिँदै आएकी छु ।
tihar-selroti-nepalaaja-07
सेल हाल्दा आत्तिएर हाल्नु हुदैँन । विस्तारै ध्यान दिएर हाल्नुपर्छ नत्र तेल उछिटिन सक्छ । धेरै कोसिस गर्दा पनि भएन भने नरिवलको जट्टा, कच्यौरा आदिले पनि हाल्न सकिन्छ । गोलो पार्न नजान्नेहरुले सेल पकाउने ताप्केकोबीचमा चरेसको कच्यौरा राखेर त्यसको वरिपरिको गोलो भागमा सेल हाल्दा सेलको आकार गोलो बन्छ । (कुराकानीमा आधारीत)
tihar-selroti-nepalaaja-08
 

Indria KC Selroti

विशेष