देश

स्थानीयबासीको अग्रसरतमा मुस्ताङी राजाको दरबार पुुर्न:निमार्ण

स्थानीयबासीको अग्रसरतमा मुस्ताङी राजाको दरबार पुुर्न:निमार्ण
देश 

lomanthang-palace
कात्तिक – १५ । भूकम्पले जीर्ण बनेको मुस्ताङको लोमान्थाङ दरबारको पुनर्निर्माण गरिएको छ । भूकम्पका कारण दरबारको पूर्वतर्फको भाग चिरा परेको थियो । तलदेखि नै चिरा परेको दरबारलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रभावितको सूचीमा राखेर पुनर्निर्माणका लागि पुरातत्व विभागमा सिफारिस गरे पनि पुनःनिमार्ण भएको थिएन । बजेट आउन ढिलाइ भएका कारण स्थानीयवासीकै अग्रसरतामा पुनःर्निर्माण गरिएको हो । १५ औँ शताब्दीतिर माटोको प्रयोगले विशेष प्रकारले निर्माण गरिएको दरबारको चिरा परेको भागबाट नजिकै रहेको घर र गुम्बा समेत जोखिममा परेपछि स्थानीयबासिन्दाले पुनःनिर्माण गरेका हुन । बलोमान्थाङका इन्द्रधारा विष्टले जानकारी दिए । उपल्लो मुस्ताङको धरोहर र पर्यटकीय गन्तव्यको रुपमा परिचित लोमान्थाङ दरबार अहिलेसम्म पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टकै नाममा छ । देशको ऐतिहासिक सम्पदा भए पनि व्यक्तिको नाममा रहेको दरबारको पुनःनिर्माणका विषयमा सरकारी अधिकारीबीच नै विभेद उत्पन्न हुने गरेको छ । दरबार पुनःनिर्माण गर्न लोमान्थाङका एक दर्जनभन्दा बढी युवा एक हप्तासम्म खटेर पुर्ननिर्माण गरेका हुन । दरबार भत्किने अवस्थामा पुगेपछि स्थानीयवासीले पूर्व राजपरिवारलाई तत्काल दरबार मर्मत गर्न माग गरेका थिए । पूर्वराजा जिग्मे भने दम र सुगरबाट पीडित बनेपछि अहिले परिवारसहित राजधानीमा बस्दै आएका छन् । माटोले निर्मित दरबारसँगै अन्य गुम्बा पनि जीर्ण बन्दै गएपछि सरकारले सबै क्षेत्रको अध्ययन गरेर पुनर्निर्माणको योजना बनाएको बताइएको छ ।

mustang darbar लोमान्थाङ दरबार

विशेष