खेल

विश्वकप छनौट खेलमा बम विस्फोट गराउने प्रयास

विश्वकप छनौट खेलमा बम विस्फोट गराउने प्रयास
खेल

कात्तिक–१५ । विश्वकप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईबिच अक्टोबरमा भएको खेलको क्रममा बम विस्फोट गराउने प्रयास भएको छ । साउदी अरेबियाको पश्चिमी सहर जेद्दामा भएको एक अन्तराष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको तर साउदी अरबका अधिकारीहरुले बम विस्फोट गराउने प्रयास असफल पारेको बताएका छन् । विद्रोही संगठन इस्लामिक स्टेट आइएसले गएको दुई वर्षदेखि साउदी अरेबियामा आक्रमणको प्रयास गर्दै आएका छन् । यसै क्रममा आइएसका लडाकुले बनाएको बम विस्फोटको अर्को योजना पनि असफल पारेको सरकारी अधिकारीले बताएका छन् । जसमध्ये ८ जना पक्राउ परेका छन् । त्यसमा चारजना साउदी अरेबियाका तथा दुईजना पाकिस्तानी, एकजना सिरियाली तथा एकजना सुडानका नागरिक रहेका छन् ।
 

bobm car bomb world cup section

विशेष