चेल्सी चम्किदै

खेल

कात्तिक–१५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याप्टनलाई २–० ले हरायो । यसका साथै चेल्सीले लिगमा शीर्ष स्थानको क्लबसँगको अंक दूरी एकमा झारेको छ । चेल्सीको जितमा खेलको छैटौं मिनेटमा हर्जाडले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ५५ औँ मिनेटमा कोस्टाले गोल गरेपछि चेल्सीले २–० को जित सुनिश्चित र्गयो । जितपछि चौथो स्थानमा उक्लिएको चेल्सीको १० खेलबाट २२ अंक छ । म्यानचेस्टर सिटी भन्दा एक अंकले मात्र पछि परेको छ । समान २३ अंक भएका आर्सनल र लिभरपुल गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छ । chelsea football Football Argentina