खेल

भारतीय क्रिकेटरहरुले आमाको नाम यसकारण जर्सीमा राखे

भारतीय क्रिकेटरहरुले आमाको नाम यसकारण जर्सीमा राखे
खेल 


name-on-cricket-team

कात्तिक–१५ । तपाईँले धोनीले आफ्नो जर्सीमा आमाको नाम राखेको र मैदानमा विराट कोहली र रोहित शर्मासँग उत्रेको विज्ञापन देखिसक्नु भएको होला । र यसरी भारतीय क्रिकेटका सबै खेलाडीको नाम फेरिएको छ । न्यूजिल्याण्डविरुद्धको पाँच खेलको सिरिजको अन्तिम र फाइनल खेलमा टिमका सबै खेलाडीको नाम फेरिएको हो । क्रिकेटरहरुले आफ्नो नाम सो खेलको लागि मात्र नाम परिवर्तन गर्दै क्रिकेट खेलेका हुन् । यस अघि सधैं बाबुको नामबाटै चिनिंदै आएको भन्दै खेलाडीहरु आमाको पनि योगदान आफ्नो जीवनमा रहेकोे भन्दै आमाको सम्मानका लागि यसरी आफ्नो नाम नलेखी मैदानमा उत्रिएका हुन् । आफ्नी आमा देवकीको नामको जर्सी लगाएर मैदानमा उत्रिएका धोनीले आफूहरुलाई पिताको नामको सरनेम राख्ने बानी भएको भन्दै आमाको पनि महत्वपूर्ण योगदान रहेको दर्शाउन र सम्मानका लागि जर्सीमा आमाको नाम उल्लेख गरेको बताए । यसरी सार्वजनिक रुपमा आफूहरुले आमाको नामबाट खेल्दा भावनात्मक नाता अझै फराकिलो हुने भन्दै धोनीले अरुहरुलाई पनि आमालाई सम्मान दिन प्रेरणा मिल्ने बताए । सामाजि संजालमा भारतीय क्रिकेटरले आमाप्रति दर्शाएको सम्मानको तारिफ गरिएको एजेन्सीहरुले उल्लेख गरेका छन् । –एजेन्सी
 

dhoni indian cricket team

विशेष