खेल

रोनाल्डोको नयाँ इतिहास

रोनाल्डोको नयाँ इतिहास
खेल


ronaldo

कात्तिक–१५ । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा ३ सय ५० गोल गर्ने इतिहास रचेका छन् । रियल मड्रिडका पोर्चुगिज स्टार रोनाल्डोले पोर्चुगलकै स्पोर्टिङ लिस्बनबाट क्लब फुटबलको सुरुवात गरेर यो इतिहास रचेका हुन् । अल्भासविरूद्ध १७ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि उनले यो नयाँ इतिहास रचेका हुन् । स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड र अल ब्लान्कोका लागि गोलको वर्ष गर्दै आइरहेका रोनाल्डोले यही गतिमा गोल गरेको खण्डमा उनी छिट्टै ५ सय गोलको नजिक पुग्ने विश्वास पनि गरिएको छ । अल्भासविरूद्ध ४–१ गोलले विजयी खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनले स्पोर्टिङका लागि ३ र ६ वर्ष ओल्ड ट्राफोर्डमा बस्दा ८४ गोल गरेका थिए । ला लिगामा म्याड्रिडका लागि उनले २ सय ४३ खेलमा २ सय ६३ गोल गरिसकेका छन् । –एजेन्सी
 

Rolando

विशेष