खेल

बंगलादेशलाई एतिहासिक सफलता

बंगलादेशलाई एतिहासिक सफलता
खेल 


bangaladesh

कात्तिक–१५ । बंगलादेशले दोश्रो टेस्टमा इग्ल्याण्डलाई हराएर टेस्ट क्रिकेट मात्र नभई इतिहास पनि रचेको छ । टेस्ट क्रिकेटमा २ सय ७३ रनको सामान्य लक्ष्य पाएको इंग्ल्याण्डलाई अल आउट गर्दै १०८ रनले बंगलादेशले खेल आफ्नो पक्षमा पारेको हो । १६ वर्ष अघि अर्थात सन् २००० मा टेस्ट मान्यता पाएको बंगलादेशले अहिलेसम्म टेस्टमा ८ खेल जितेकोमा इग्ल्याण्डलाई हराउन सकेको थिएन । ब्याटिङ ठिकठिकै मात्र गरेको बंगलादेशलाई जिताउन बलरहरुको भूमिका महत्वपूर्ण रह्यो । त्यसमा पनि नायक बने १९ वर्षे मेहदी हसन । मेहदीले दोश्रो टेस्टमा १२ विकेट लिए । पहिलो टेस्टमा इग्ल्याण्डसँग ३३ रन बनाउन नसक्दा हार्नुपरेको तीतो अनुभव संगालेको बंगलादेशले लक्ष्य दिँदासम्म मात्र होइन तेश्रो दिनको चिया समयसम्म पनि खेल जित्ने अनुमान गर्नेहरु कमै थिए । तर अन्तत बंगलादेशले श्रृँखला एक एकको बराबरीमा ल्याइछोड्यो । सय रन दिँदा बल्ल पहिलो विकेट लिन सकेको बंगलादेशका बलरले बाँँकी ६४ रनमा सवै विकेट लिँदै तेश्रो दिन नै पाहुना टोलीलाई निराश बनाइदिए । मेहदी हसनले ६ विकेट लिए भने बाँकी रहेका ४ विकेट सकिब अल हसनले आफ्नो नाममा लेखाए । सकिबको बलिङसँगै बंगलादेश ऐतिहासिक जितको नजिकै पुगिसकेको थियो । जसलाई ४६ आैँ ओभरमा मेहदी हसनले औपचारिकता दिए । व्यक्तिगत रुपमा २१ ओभर ३ बल बलिङ गरेका मेहदीले २ मेडन राख्दै ७७ रन खर्चेर ६ विकेट लिए भने १३ ओभरमा १ मेडन राखेका सकिबले ४ विकेट लिन ४९ रन खर्चिए । इंग्ल्याण्डले पहिलो पालीमा २ सय ४४ रन बनाएको थियो भने बंगलादेशले पहिलो पालीमा २ सय २० र दोश्रोमा २ सय ९६ रन बनाउँदै २ सय ७३ रनको लक्ष्य दिएको थियो ।
 

bangladesh Cricket team of Bangladesh

विशेष