ताजा खबर

ओबामाले पनि मनाउछन दिपावली

ओबामाले पनि मनाउछन दिपावली
समाज


barak-obama-celebrating-diwali

कात्तिक - १५ । हिन्दूधर्मालम्वीहरु मनाउँदै आएको चाड दिपावली अहिले विश्वका सबै धर्मालम्बीहरुले मनाउन थालेका छन् । विगत लामो समयदेखि अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मीसेल ओबामाले दिपावली मनाउन थालेपछि अन्य धर्मका मानिसहरुले समेत दिपावलीका बारेमा चासो राख्न थालेका हुन् । हरेक वर्ष अमेरिकी राष्ट्रपती बाराक ओबामा र उनकी पत्नी मिसेलले दिपावली मनाउछन् । ह्वाईट हाउसमा यो पटक पनि ओबामा परिवारले दिपावली मनाएका छन् । यता, नेपालस्थित अमेरिकन राजदूत भवनमा पनि दिपावली मनाईको छ । ह्वाइट हाउसले आफ्नो आधिकारिक फेसबुक र ट्वीटर एकाउन्टमार्फत ओबामाले दिपावली मनाएको जानकारी गराउँदै तस्बिर पनि सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालयले दिपावली मनाउँदै एक सन्देश जारी गरी अमेरिका तथा विश्वभरमा उज्यालोको पर्व मनाइरहेका सबै मानिसलाई दिपावलीको शुभकामना भनिएको छ । ओबामाले दिपावली मनाउने आफू पहिलो अमेरिकी राष्ट्रपति भएको पनि बताएका छन् । उनले पहिलो पटक सन् २००९ मा पत्नी मिसेलका साथ दिवावली मनाएका थिए । त्यस समय ओबामा परिवारले दिपावली नाचगान गरेर मनाएका थिए । ओबामाले यो वर्ष दिएको दिपावली शुभकामनामा पत्नी मिसेललाई दिपावली मनपर्ने बताएका छन् । राष्ट्रपती बाराक ओबामाले मात्र होईन अमेरिकाका थुप्रै शहरमा दीपावली आयोजना गरिन्छ । सन् २००३ मा ह्वाइट हाउसमा समेत पहिलोपटक दीपावली मनाइएको थियो । पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । बाराक ओबामा सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिने पहिलो राष्ट्रपति बने । सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तमिल र नेपालीहरु पर्दछन् ।
 

Barack Obama Barack Obama celebrating diwali

विशेष