समाज

हुर्रा नाच हेर्न गएका दुई किशोरको हत्या

हुर्रा नाच हेर्न गएका दुई किशोरको हत्या
समाज

कार्तिक - १६ । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ । राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए । घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस

Death Morang

विशेष