मनोरञ्जन

अाफ्नै फ्यानका कारण अभिनेता सौगात मल्ल तनावमा

अाफ्नै फ्यानका कारण अभिनेता सौगात मल्ल तनावमा
मनोरञ्जन

saugat-malla

कात्तिक – १६ । अभिनेता सौगात मल्ल यति बेला फरकखाले तनाव झेलिरहेका छन् । अभिनयमा दत्तचित्त लाग्न रुचाउने उनी सोनी केसी नाम गरेकी एक युवतीसँग नाम जोडिएर अनावश्यक चर्चामा छन् । मोडलिङ गर्न रुचि राख्ने सोनीले यति बेला सौगातसँग एकोहोरो प्रेममा परेको आशयका स्टाटस र सँगै बसेका फोटोहरू आफ्नो फेसबुकमा साझेदार गर्न थालेपछि अभिनेता तनावग्रस्त बनेका कान्तिपुरले उल्लेख गरेको छ । फोनबाटै सौगात र सोनीको भेट भएको थियो । उनले सुनाए, ‘उनले बेलाबेलामा मलाई फोन गर्थिन्, फरकफरक नम्बरबाट । एकदम सिम्पल खालकी राम्रै फ्यान रहिछन् भन्ने लाग्यो । कुरा गराइ पनि सिम्पल र राम्रो लागेपछि ठिकै छ भन्ने लागेको थियो ।’ तर करिब दुई महिनाको बुझाइमा सौगातले सोनीको क्रियाकलाप र आचरण आफूअनुकूल पाएनन् । ‘सबैलाई सँगै बस्छौं, खान्छौं भन्दै हिँड्ने गर्दी रहिछन् । फेसबुकमा फोटो, स्टाटस लेख्दै हिँड्ने गरेपछि मैले फोन गर्दा नउठाउने गर्न थालिन् ।’

‘उनले बेलाबेलामा मलाई फोन गर्थिन्, फरकफरक नम्बरबाट । एकदम सिम्पल खालकी राम्रै फ्यान रहिछन् भन्ने लाग्यो । कुरा गराइ पनि सिम्पल र राम्रो लागेपछि ठिकै छ भन्ने लागेको थियो ।’


दुई पटक मात्रै सोनी बस्दै आएको अपार्टमेन्ट पुगेको बताउने सौगात त्यहाँ जाँदा खिचेका तस्बिर नै यति बेला सोनीले फेसबुकमा हालेको बताउँछन् । के कारण सोनी सौगातसँग नाम जोड्न चाहन्छिन् त रु सौगात जवाफमा भन्छन्, ‘खासमा उनी मेरो नामसँग जोडिएर चर्चामा आउन खोजेको हो कि जस्तो लाग्न थाल्यो । त्यसपछि बोलिनँ ।’ अन्तर्मुखी स्वभावका सौगात चिनजानकै साथिभाइसँग पनि कमै बोल्छन् । यस्तोमा केटीसँग नाम जोडिएर आएपछि उनी विचलित भएका हुन् । ‘यस्तो कुरा मलाई गर्न पनि दिक्क लाग्छ,’ अभिनेताले कान्तिपुरसँग दुखेसो पोखे, ‘जति बोलूँ, फिल्ममै बोलूँ जस्तो लाग्छ । नत्र मलाई खासै बोल्न राम्रो लाग्दैन । त्यसकारण यस्तो कुरामा म जानै चाहन्नथें । तर यो कुरा त अहिले सिरियस हुँदै आयो ।’ यतिबेला सौगातको नाम पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग जोडिएर आएको छ । ‘गाजलु’ फिल्मबाट नायिका बनेकी सृष्टिले सौगातसँगै ‘लालपुर्जा’ मा पनि अभिनय गरेकी छन् । मिडियामा दुईबीच प्रेम सम्बन्ध रहेको खबर आउन थालेपछि भने सोनी सृष्टिमाथि जाइलाग्न थालेकी हुन् । सौगातका अनुसार सोनीले पछिल्लो समय सृष्टिलाई मार्ने, एसिड छ्याप्ने लगायतका धम्की दिन र अश्लील गालीगलौज गर्न थालेपछि घटनाक्रमले सिरियस मोड लिएको बताउँछन् ।

Saugat Malla

विशेष