देश

तमोर जलविद्युत परियोजनाबाट करिब डेढ सय घर प्रभावित हुने

तमोर जलविद्युत परियोजनाबाट करिब डेढ सय घर प्रभावित हुने
देश/पाँचथर

कात्तिक - १६ । सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने भएका छन् । पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् । यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत परियोजनाको विद्युत्गह तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने छन् । तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुरयाइनेछ । परियोजनाबाट प्रभावित हुनसक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत विवरण सर्भेक्षणपछि मात्रै आउने नेम्बाङले बताए । रासस
 

Tamor Tamor Electricity

विशेष