प्रम प्रचण्डले याे पटककाे तिहारमा पनि टीका लगाएनन्

समाज/काठमाडौ
कात्तिक - १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निधार याे पटक पनि खालि भएकाे छ । उनले विगत २३ वर्षदेखि टीका लगाएका छैनन् । उनले यसपालीको तिहारमा पनि टीका लगाएनन् । २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेसँगै दाहालले तिहारमा टीका लगाउन छोडेका हुन् । उनले आफ्ना बहिनीसँग विगत २३ वर्षदेखि टीका लगाएका छैनन् । टीका नलगाएपनि उनले आफ्ना पाँच बहिनीलाई भेटघाटका लागि भाइटीकाका दिन बालुवाटार बोलाए । त्यस्तै दाहालले दसैंमा पनि टीका लगाएनन् । तर दाहालका पाँच बहिनीले उनका भाइ गंगाराम दाहालसँग भने टीका लगाउने गरेका छन् । Bhai tika Prachanda Tihar ko tika