कर्पोरेट

बाँकेमा तीन महिनाकै अवधिमा एक ७९ उद्योग दर्ता

बाँकेमा तीन महिनाकै अवधिमा एक ७९ उद्योग दर्ता
कर्पोरेट/बाँके 

कात्तिक - १० । आर्थिक वर्ष २०७३(७४ को तीन महिनामा एक सय ७९ उद्योग दर्ता भएका छन् । चालु आवको साउन, भदौ र असोजमा यी उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले जानकारी दिए । दर्ता भएका उद्योगमा उर्जा, होटल, रेष्टुरेन्ट, पर्यटन सम्बन्धि र सेवातर्फका रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै होटल र रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो अवस्थामा रहेको बताइएको छ । आव २०७२/७३ मा स्थापना भएका ६ सय ३० उद्योगमा एक हजार २ सय ५२ महिला र दुई हजार ५ सय १७ पुरुषले रोजगारी पाएका थिए । ती उद्योगले सो अवधिमा चार अर्ब १७ करोड ३७ लाख ५६ हजार रुपैयाँ लगानी गरेका थिए । उद्योग दर्ताबाट ५० लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । पछिल्लो समय जिल्लामा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आव २०७२/७३ मा चार सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् । रासस

banke Industrialist

विशेष