देश

सङ्खुवासभा आगलागी, सात घर नष्ट

सङ्खुवासभा आगलागी, सात घर नष्ट
देश /सङ्खुवासभा

कात्तिक - १६ । सङ्खुवासभा माविनगरपालिका–४ मूलखर्क बजारमा गएराति १ः४५ बजे विद्युत चुहावट भई आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । आगलागी मध्यरातिको समयमा भएको हुँदा घरहरू पूर्णरूपमा क्षति भएको हो । घरबिहीन हुनेहरूमा नरेन्द्र गुरुङ, भूवन जिमी, मोहनमणि दाहाल, गोपाल जिमी, सुरेश जिमी, बलबहाुदर जिमी, र रामबहादुर जिमीको घर जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको पूर्ण विवरण भने यकिन भइनसकेको स्थानीय वासिन्दाले बताएका छन् । रासस

Fire in Shankhuwasabh

विशेष