प्रवास

भारतले ज्यान जाने युद्धमा गोर्खाली सेना पठाउन थाल्यो, एक नेपाली गोर्खालीको निधन

भारतले ज्यान जाने युद्धमा गोर्खाली सेना पठाउन थाल्यो, एक नेपाली गोर्खालीको निधन

indain-army

कात्तिक १७ । भारत र पाकिस्तानको सीमामा भइरहेको द्वन्द्वमा नेपालका नागरिकको ज्यान गएको छ । भारतीय सेनामा राइफलम्यानका रुपमा कार्यरत धरान घर भएका विमल तामाङको सोमबार मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

जम्मु काश्मिरको पूँछ र रजौरी जिल्लाका सीमा क्षेत्रमा पाकिस्तानी फायरिङका कारण एक सैनिक र एक वृद्धाको ज्यान गएको थियो । रजौरीमा पाकिस्तानी सैनिकको फायरिङ र सेलिङका कारण तामाङको मृत्यु भएको भारतीय सेनाका प्रवक्ता मनिष मेहतालाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

२० वर्षका तामाङको घरमा उनकी आमा मात्रै भएको समाचारमा छ ।

indian army

विशेष