समाज सामाजिक सञ्जाल

नेपाली चेलीको तस्बिर भारतीय मिडियामा भाइरल

नेपाली चेलीको तस्बिर भारतीय मिडियामा भाइरल

कात्तिक १७ । तरकारी व्यापारमा सम्लग्न एक नेपाली युवतीको तस्बिर भारतीय मिडियाहरुमा भाइरल भएको छ । भारतीय मिडियाहरुले तरकारी बेच्ने युवतीको भारी बोक्दै गरेको तस्बिरसहित समाचार प्रकाशित गरेको छ। भारतीय समाचार संस्था भास्कर डटकमले मेहनती र सुन्दरी नेपाली युवती भन्दै समाचार लेखेको छ ।

तस्बिरमा तरकारी बोकेर झोलुङ्गे पुल पार गर्दै गरेको र तरकारी पसलमा बसेर मोबाइलमा कुरा गर्दै गरेको देखाइएको छ । उनको नाम भने उल्लेख गरिएको छैन ।

फोटो पत्रकार रूपचन्द्र महाराजनले उक्त तस्बिर गोरखा र चितवनको सिमामा पर्ने झुलुङ्गे पुलमा खिचिएको उल्लेख छ ।

Nepali Youbati

विशेष