स्वास्थ्य

५० बिरामीको मुटु प्रत्यारोपण गरेर अस्पतालले राख्यो नयाँ कीर्तिमान

५० बिरामीको मुटु प्रत्यारोपण गरेर अस्पतालले राख्यो नयाँ कीर्तिमान
कात्तिक - १७ । भारतको एक सरकारी अस्पतालले ५० बिरामीको मुटु प्रत्यारोपण गरेर नयाँ कीर्तिमान रोखेको छ । अखिल भारतीय आयुर्वेदिक संस्थान (एम्स)ले ५० जना बिरामीको मुटुको प्रत्यारोपण गरेको हो । सन् १९९४ मा स्थापना भएको एम्सले अहिलेसम्म ५० जनाको मुटुको प्रत्यारोपण गरेर नयाँ रेकर्ड बनाउने पहिलो मेडिकल संस्थान बनेको हो । heart स्थापनाको पहिलो वर्ष नै एम्सले १३ जनाको मुटु प्रत्यारोपण गरेको थियो । अस्पतालका निर्देशक एमसी मिश्राका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंग डोनेसन गर्न अपिल गर्न लगाइएपछि अंगको डोनेसन गर्ने मानिसको संख्या बढ्दै गएको छ । हृदयघात पहिलो बुढापाका उमेरका व्यक्तिलाई लाग्ने भन्ने गरिएपनि अहिले युवाअवस्थाका मानिसहरुपनि यसको सिकार बन्न थालेका छन् । कार्डियोलोजी विभागका प्राध्यापक बलराजका अनुसार भारतमा मुटुरोगीको संख्या पश्चिमा देशका नागरिकको भन्दा दुई गुणा बढी छ । भारतमा प्रत्येक वर्ष पाँच हजार नागरिकको मुटु प्रत्यारोपण गर्न आवश्यक पर्छ । तिमध्ये तीन सयदेखि पाँच सय नागरिकको भने हृदयघातपछि पनि मुटु धड्कने गरेको छ । अन्यको भने औषधिले काम नगरेर उनीहरुको ज्यानै जाने गरेको छ ।

Heart India mutu pratyaropan sarkari hospital

विशेष