मनोरञ्जन

सुत्केरी अवस्थामा यसरी घटाइन् माल्भिका सुब्बाले तौल

सुत्केरी अवस्थामा यसरी घटाइन् माल्भिका सुब्बाले तौल
कात्तिक १७ । सन् १९९४ देखि अहिलेसम्मको इतिहासमा धेरैजना मिस नेपाल भइसके । तर सन् २००२ की मिस नेपाल माल्भिका सुब्बा भने सधैँ चर्चामा आइरहन्छिन् । अहिले उनी सुत्केरी भएको ६ महिनामा २२ किलो घटेर चर्चामा आएकी छिन् । manbhika-subba1 समान्यतः नेपाली समाजमा गर्भवती हुँदा र सुत्केरी अवस्थामा महिलालाई काममा त्यति साह्रो सक्रिय हुन दिइन्न । घरमै बसेर आराम गर्दा र बच्चालाई जन्म दिइसकेपछि पनि चिल्लो बढि भएको र अत्याधिक प्रोटिन भएको खाना खानाले सुत्केरी महिलाहरु मोटाउँछन् । तर पूर्व मिस नेपाल माल्भिका सुब्बाले थोरै समयमा नै आफ्नो तौललाई पहिलाकै अवस्थामा ल्याएकी छिन् । माल्भिकाले ६ महिनाअघि छोरालाई जन्म दिएकी हुन् । आफूलाई कामकाजी ठान्ने माल्भिका सुत्केरी भएको तीन महिनामै काममा सक्रिय हुन थालिन् । माल्भिकाको अपरेसन गरेपछि छोरो जन्मिएको थियो । विशेषगरि सुत्केरी अवस्थामा अपरेसन भएको महिलाले चिल्लो, पिरो खानेकुरा खानु हुँदैन । त्यसो हुनाले आफूलाई घट्नको लागि एउटा राम्रो बाहाना भएको माल्भिकाले एक अन्तर्वातामा बताइन् । चिल्लो खानेकुरा नखाएपछि अलिकती सजिलो भएको माल्भिकाको भनाइ छ । आफूले एकदम साधारण दाल, भात, तरकारी खाएको र छोरालाई तीन महिनासम्म एक्लै स्याहार गरेको, र त्यसपछि आफ्नो काममा व्यस्त हुन थालेकोले आफू मोटाउन नपाएको माल्भिकाले खुलाइन् । छोरीको चाहाना राखेकी माल्भिकाले छोरीको लागि नाम पनि पहिल्यै सोचिसकेकी थिइन् । तर भइदियो छोरा । तर आफूले जन्माएको सन्तान जे भएपनि आफू खुशी भएको उनको भनाइ छ । हालै उनी एन टि भी प्लसबाट प्रशारण हुने कार्यक्रम ‘आइडिया स्टुडियो’ को कार्यक्रम सञ्चालीकाको रुपमा काम गरिरहेकी छिन् ।

malbhika subba taul ghatayen

विशेष