यसकारण सलमान र एश्वर्याको ब्रेकअप भएको थियो
एजेन्सी — बलिउडकी चर्चित अभिनेत्री एश्वर्या राय बच्चनले हिजो अर्थात मंगलबार ४२ औँ जन्म्दिन मनाइन् । यी बलिउड सुन्दरीको लभ अफेयरको चर्चाको कुरा आयो भने अभिनेता सलमान खानसँगै सम्बन्धको कुरा बढि आउँछ ।
तर यो जोडि विवाह बन्धनमा भने बाँधिन सकेन । सलमान अहिलेसम्म पनि अविवाहित नै छन् भने एश्वर्याले २० अप्रिल २००७ मा अभिशेक बच्चनसँग विवाह गरिन् । त्यसपछि उनले १६ नोभेम्बर २०११ मा छोरीलाई जन्म दिइन् । सलमान र एश्वर्या छुटेका यत्तिका वर्ष भइसक्दा आजसम्म पनि मानिसहरुको दिमागमा के कारणले छुट्टिए भन्ने कुरा खेलिरहन्छ ।
१) एश्वर्याका मातापिता सलमानसँगको सम्बन्भमा खुशी नहुनु
एश्वर्या सम्बन्धमा हदा केही न केही बाहानाले सलमानको घर गइरहन्थिन् । यो कुरा एश्वर्याको बाबुआमालाई मन पदैँनथ्यो । एश्वर्या भन्दा पहिला पनि सलमानको धेरै केटिहरुसँग चक्कर चलेका कारण एश्वर्याका बाबुलाई उनीहरु दुईको सम्बन्ध मन परेको थिएन । सलमानको स्वभाव पनि उनलाई राम्ररी थाहा भएको कारण उनी आफ्नो छोरीलाई लिएर निकै चिन्तित थिए ।
२) सलमानको सनकी व्यवहार
सलमान एकदमै मुडि स्वभावका थिए । जतिसुकै गलत काम भएपनि उनी उनको मुडमा जे आयो त्यही गर्ने गर्दथे । उनीहरु छुटिनुको कारण सलमानको सन्की व्यवहार पनि एक कारण थियो । सलमान धेरै पटक आधा रातमा एश्वर्याको घर गएर उनको घरको ढोकामा गएर कराउने गर्दथे । एकदिन सलमान रातको तीन बजे एश्वर्याको घर गएर ढोकामा हान्न थाले । ढोकामा हान्दा हान्दा उनको हातमा घाउ भइसकेको थियो । त्यसपछि उनले रिसमा एश्वर्यालाई आफू छानामाथि गएर दौडिने धम्की समेत दिएका थिए ।
३) सलमान एश्वर्याले करियर छोडेर विवाह गरोस् भन्ने चाहन्थे
एश्वर्याको मायामा सलमान पागल भइसकेका थिए । उनी कुनै पनि हालतमा एश्वर्यासँग विवाह गर्न चाहन्थे । त्यसकारण उनी एश्वर्यालाई विवाह गर्न दबाब दिइरहन्थे । जब की त्यतिबेला एश्वर्या विवाह गर्ने सोचमा थिइनन् । किनभने उनको करियर बल्ल राम्रो हुँदै थियो । जब सलमानलाई एश्वर्या कुनै पनि हालतमा विवाह गर्न मान्दिन भन्ने लाग्यो । उनको पागलपन बाहिर देखिन थाल्यो । एश्वर्याले विवाहको लागी राजी नभएपछि सलमान एकदमै रिसाएका थिए । उनी एश्वर्याको सुटिङको सेटमा गएर हंगामा मच्चाइदिन्थे र तोडफोड गरिदिन्थे ।
४) एश्वर्याको मातापितासँग नराम्ररी कुरा गरेपछि
जब सलमानलाई आफ्नो विगतका कारणले एश्वर्याका मातापिता उनीहरुको सम्बन्धको विरोधमा छन् भन्ने कुरा थाहा भयो, सलमान एश्वर्याको मातापितासँग अभद्र व्यवहार गर्न पनि पछि परेनन् । जतिसुकै मन नपरेपनि एश्वर्याका आमाबाबुले कहिल्यै उनलाई सलमानलाई भेट्नबाट रोकेका थिएनन् ।
५) जब सलमानले लुकेर पूर्वप्रेमिका सोमी अलिलाई मद्दत गरे
बलिउडको एक म्यागजिनकाअनुसार, एक दिन सोमी अलीले सलमान खानसँग आफ्नो बुबाको अपरेसनको लागि मद्दत मागिन्, सलमानले एश्वर्यालाई खबर नगरी सोमीको मद्दतका लागि अमेरिका हानिए । जब यो कुरा एश्वर्यालाई थाहा भयो उनी निकै दुखी भइन् र यो सम्बन्ध बन्द गर्ने निर्णय लिइन् । एश्वर्या सोमीलाई मद्दत गरेको कुराबाट दुखी थिइनन्, सलमानले केही खबर गरेनन् भन्ने बारेमा दुखी थिइन् ।
६) सलमानको रक्सी पिउने बानी
एश्वर्या सलमानको रक्सी सेवन गर्ने बानीबाट निकै आजित भइसकेकी थिइन् । एक अखबारमा दिएको अन्तर्वातामा एश्वर्याले आफैले यो कुरा खुलाएकी थिइन् की, जब सलमानले मदिरा सेवन गर्छन्, उनको व्यवहार मान्छेको जस्तो हुँदैन । ‘म सलमानको मदिरा सेवन गर्ने बानी र त्यसपछि गरिने अभद्र व्यवहारबाट थाकिसकेकी थिएँ । उनी मलाई शारिरिक र मानसिक रुपमा पिडा दिने गर्थे । कति पटक त उनले मेरो मान, सम्मानमा ठेस पुग्ने कुरा पनि बोले । कोही पनि महिला आफ्नो आत्म स्वाभीमान गुमाउन चाहदैँनन् । त्यसकारण पनि मैले सलमानसँगको सम्बन्धलाई खतम गर्ने फैसला लिएँ ।’ उनले भनिन् ।
aishairya rai
salman khan