मनोरञ्जन

यस्तो आयो केकी र कर्मा अभिनित चलचित्र ‘लव साशा’को टिजर (भिडियोसहित)

यस्तो आयो केकी र कर्मा अभिनित चलचित्र ‘लव साशा’को टिजर (भिडियोसहित)
कात्तिक १७ । अभिनेत्री केकी अधिकारी र अभिनेता कर्मा अभिनित चलचित्र ‘लव साशा’ को टिजर सार्वजनिक भएको छ । उक्त चलचित्रमा अ प्रिन्सेस मुविज एंड द टि फोल्क्स फिल्म प्रोडक्सनको प्रस्तुती रहेको छ भने फिल्मको निर्देशन तथा लेखन प्रचण्ड यम श्रेष्ठले गरेका हुन् । love-sasa कर्मा, केकी अधिकारी, शिवानी चालीसे, रश्मी भट्ट, विकास जोशी, आसीफ शाह लगायतको अभिनय रहेको फिल्म लभ साशा आउँदो जनवरीमा रिलिज हुँदैछ । निर्माण पक्षकाअनुसार कथाको विषयवस्तु अहिलेको नेपाली समाजका युवापुस्ताको सेरोफेरोमा रहेर बनेको छ । चलचित्र जनवरीमा पर्दशनमा आउने बताइएपनि रिलिज मिती भने खुलाइएको छैन ।

विशेष