देश

चन्द्रनहरको मर्मतसम्भार

चन्द्रनहरको मर्मतसम्भार
देश/सप्तरी

कात्तिक - १७ । जीर्ण भएको चन्द्रनहर तथा जिल्लाका अन्य नहरको मर्मतसम्भार गरिएको छ । कोसीपम्पु चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले रु २१ करोडको लागतमा सो कार्यालयअन्तर्गतका चन्द्रनहर प्रणाली, कोसी पश्चिमी वितरण नहर तथा कोसी नहर पम्प प्रणालीको मर्मतसम्भार गरिएको हो । कार्यालय प्रमुख प्रसुन मिश्राका अनुसार वृहत सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरणका लागि रु १७ करोड ७५ लाख खर्च भएको छ । यस्तै नहर सञ्चालन, रेखदेख, तथा पम्प सञ्चालनका लागि रु तीन करोड २९ लाख खर्च भएको छ । सो कार्यालयअन्तर्गत सप्तरीमा मुलन नहर, शाखा नहर र प्रशाखा नहर गरी उक्त नहरको लम्बाइ करिब ५०० किलोमिटर रहेको छ । उक्त नहरबाट करिब ५० हजार बिगाहा जमिनमा सिँचाइ गरिँदै आएको बताइएको छ । सिँचाइ व्यवस्थापनका लागि चन्द्रनहरअन्तर्गत ११ शाखा तथा कोसी पश्चिमी नहर र कोसी पम्प नहरमा १२-१२ वटा शाखा रहेका छन् । ती नहर जीर्ण हुँदा व्यवस्थित रुपमा सिँचाइ गर्न समस्या भएको थियो ।

chandra nahar Saptari

विशेष