चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सकिने
कात्तिक १७ । तपाईँले कुनै विशेष चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सक्ने सम्भावना बलियो भएको छ । वैज्ञानिकहरुले साना स्क्रिनमा टू डी र थ्री डी दुवै मोडमा हेर्न सकिने बनाएका छन्। थ्री डीमा भिजुअलको लेयरहरु हुने गर्छन् त्यसैले विशेष चस्माको प्रयोगबाटमात्र यस्ता दृश्य हेर्न सकिन्छ। तर, स्क्रिनमै इमेजको पिक्सेल र अप्टिकलाई लेयरका रुपमा राखेर बैज्ञानिकहरुले यस्तो सुविधा तयार गरेका हुन्।
लेन्टिकुलर लेन्स भनिने माइक्रो लेन्सको प्रयोगबाट यस्तो सुविधा तयार भएको हो। इमेजका अगाडि यस्तो लेन्स रहँदा एङ्गलअनुसार थ्री डीको अनुभव गर्न सकिन्छ। यो कसरी तयार भयो भन्ने उदाहरण स् तपाईँले पोस्टर वा फोटोहरु देख्नुभएको छ जुन तपाईँ हिँड्दा परिवर्तन हुन्छ। यसै प्रविधिमा आधारित रहेर स्क्रिनमा थ्री डी तयार पारिएको हो। दुई वा त्यो भन्दा धेरै इन्टरलेस्ड तथा प्रिन्टेड वस्तुलाई प्लास्टिकको लेयरभित्र डिस्प्ले गराएर यस्तो दृश्य देखाइने गरिन्छ। अब तयार हुने स्क्रिनमा टू डी र थ्री डीमा स्विच हुनसक्ने गरी काम थालिएको छ। इमेज लेयर र ब्यारियर लेयरबीचको दुरीले नै कुनै वस्तु कति नजिक वा टाढा देखाउने भन्ने तय गर्छ। यसको प्रयोगपछि थ्री डी भ्यूका लागि चस्मा चाहिन्न। दक्षिण कोरियाको सिओल नेसनल युनिभर्सिटीका प्राध्यापक सिन डो लि र उनको टिमले सिंगल प्यानलमै यस्तो सुविधा तयार गरेका हुन्। 'हाम्रो प्रविधिले सस्तो मुल्यमा हल्का तौलका टू डीरथ्री डी कन्भर्टेवल डिस्प्ले उत्पादन गर्न सघाउँछ,' उनले भने। यो अनुसन्धानको रिपोर्ट अप्टिक्स एक्सप्रेसमा प्रकाशित छ ।
'हाम्रो प्रविधिले सस्तो मुल्यमा हल्का तौलका टू डीरथ्री डी कन्भर्टेवल डिस्प्ले उत्पादन गर्न सघाउँछ,' उनले भने ।
Smart Phone