स्वास्थ्य

जवान देखिन चाहनुहुन्छ ? अपनाउनुहोस् यी ५ तरिका

जवान देखिन चाहनुहुन्छ ? अपनाउनुहोस् यी ५ तरिका
 स्वास्थ्य/काठमाडाैँ 

उमेर बढ्दै गएपछि शरिर पनि बुढो देखिदैँ जान्छ । सुन्दर अनुहार चाउरी पर्दै जान्छ । तर यसरी चाउरी पर्दै र शारिरिक रुपमा बुढो देखिदैँ जानु कोही मानिसको इच्छा हुँदैन । तर, उमेर बढेपनि शरिरलाई तन्दुरुस्त र जवान देखिन सकिन्छ । यस्ता छन् जवान देखिने ५ तरिका ।
१) स्वस्थ खाना खाने — मानिसको शारिरिक विकाससँगै शरीरमा रहेका कोषिकाहरु पुरानो भएर मर्छ र नयाँ छाला उत्पन्न हुन्छ । नयाँ कोषिका बढि सिर्जना भयो भने छालामा चमक भइरहन्छ । छालाको चमकलाई सदा चमकदार र चाउरी नपरोस् भन्न्का लागि स्वस्थ र ताजा खाना खानुपर्छ । ताजा र स्वस्थ खाना खानाले नयाँ कोषिका सिर्जना गर्नमा मद्दत गर्छ ।
२) पानी प्रशस्त पिउने — पानी प्रशस्त मात्रामा पिउनाले छालालाई स्वस्थ र जान राख्छ । शरिरमा पानीको मात्रा कम भएमा छाला रुखो, सुख्खा र अनाकर्षक बन्छ । उमेर ढल्के पनि छालाको चमकलाई कायम राख्न प्रतिदिन तीन लिटर पानी पिउनुपर्छ । प्रशस्त पानी पिउनाले छालालाई खराब गर्ने टक्सिन पसिना तथा पिसावबाट बाहिर जान्छ ।
३) म्वाइस्चराइजिङ क्रिम लगाउने — छालाको सुखापनलाई नियन्त्रण गर्नका लागि म्वाइस्चराइजिङ क्रिम लगाउन सकिन्छ । यसले छालाको कान्तिलाई कायम राख्छ । यो क्रिम लगाउन पनि राम्ररी जान्नुपर्छ । जथाभावी लगाउनाल छाला चाउरीन सक्छ । तसर्थ हाताई तलबाट माथि गर्दै क्रिम दल्नाले छाला स्वस्थ देखिन्छ ।
४) नियमित व्यायाम गर्ने — व्यायामका धेरै फाइदाहरु छन् । तीमध्ये व्यायामको एक् फाइदा हो, यसले मानिसलाई जवान बनाउँछ । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र स्वासप्रस्वास हुँदा शरिरमा अक्सिजनको इन्टेक पनि बढ्छ । व्यायाम गर्नाले छाला सुख्खा हुँदैन र चाउरी पर्दैन ।
५) तनावरहित जीवन बाँच्ने — तनाव मानिसको स्वस्थको लागि हर तरहबाट हानिकारक मानिन्छ । तनाव लिएको अनुहारमा छर्लङ्गै हुन्छ । तनाव लिनाले शरिरका विभिन्न कोषिका नष्ट हुन्छन् । यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला सुख्खा हुने आदि हुन्छ । तनाव घटाउनका लागि योग, भ्यान, जगिङ या आफूलाई मनपर्ने कार्य गर्न सकिन्छ ।
– एजेन्सी

Always Younger how to younger

विशेष